नरेशचन्द्र बरबरिया सिरहा १३ गते ।
सिरहामा नगरपालिकामा आज सल्हेश मन्दिर स्थित रहेको पोखरी पोखरीको सरसफाइ गरिएको छ ।
सन्त निरंकारी मण्डल नेपाल शाखा सिरहा द्वारा आयोजना गरिएको "स्वच्छता अभियान " कार्यक्रम अन्तर्गत आज पोखरी सरसफाई गरिएको हो ।
"स्वच्छ जल स्वच्छता मन "नाराका साथ सौन्दर्यकरणका लागि सरसफाइको आयोजना गरिएको छ ।
पदूषण फोहोरका कारण अहिले अनेक किसिमका महामारी रोग फैलिरहेकोले सरसफाइ जस्ता कार्यक्रम गरिएको सदस्य कासिन्द्र यादवले बताए ।
सिरहा नगरपालिका वडा न.७ का वडा अध्यक्ष बिनोद कुमार यादवले उक्त शल्हेश पोखरी सरसफाइको लागि ट्रकटर,बेल्चा,कोदालो सामाग्री सहयोग गरेका छन ।उक्त सरसफाइ कार्यक्रममा सयौंको संख्यामा विभिन्न गाउँका निरंकारी सेवा दलका सदस्य जवानहरुको सहभागी रहेको थियो ।




















