सिरहा,फाल्गुन ५ गते । नेपाल सरकारको ऋजष्मि ७ ब्मयभिकअभलत एभ्ल् एगिक एचयवभअत लाई विशिष्टकृत सेवा विस्तार तथा रेफरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले काठमाडौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ र प्रादेशिक अस्पताल लहान, सिरहा बिच आज सम्झौता भएको छ ।
नेपाल सरकारले चार वर्ष अगाडि ल्याएको पेन प्लस प्रोजेक्टले मधेश प्रदेशमा थप प्रभावकारी बनाउने उद्देश्यले प्रादेशिक अस्पताल लहानमा शुरुआत गरेको जनाइएको छ । युनिसेफको सहयोगमा चार प्रदेशका चार वटा अस्पतालमा पेन प्रोजेक्ट लागू भएको हो ।

ब्लड प्रेसर, डायबटिज, क्यान्स, मुटु रोग लगायत चार प्रकारका नसर्ने रोग तथा धु्रमपान, मद्यपान, अनियमित खानपान तथा अनएक्टिभिटीलाई जनचेतना जगाउने उद्देश्यले नेपाल सरकारले पेन कार्यक्रम ल्याएको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभाग अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणिन्द्र प्रसाद बरालले जनाउनुभयो ।
आज भएको सम्झौताले प्रादेशिक अस्पतालमै इको कार्डियोग्राफी सम्बन्धी विषय विशेषज्ञ हुने भएपछि उक्त उक्त उपचारको लागि विरामीलाई अन्यत्र पठाउनुुपर्ने वाध्यता हटेको प्रादेशिक अस्पतालका प्रमुख सुनिल प्रसाद कुशवाहाले वताउनुभयो ।

माथि उल्लेखित रोगहरुको स्थिति नेपालमा भयावह रहेको जनाइएको छ । अस्पतालमा आउने ६० प्रतिशत विरामीहरु नसर्ने रोगबाट ग्रसित रहेका छन् । मृत्यु दरको हिसावले अस्पतालमा आउने विरामी मध्ये ८० प्रतिशत विरामीको मृत्यु नसर्ने रोगबाट भइरहेको जनाइएको छ ।
कार्यक्रममा सिरहा जिल्लाका १७ वटै स्थानीय तहका स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको लहान अस्पतालले जनाएको छ ।





















