अनुभक्त चौधरी

सिरहा,माघ ९ गते । नदी र खोलाको बाढीलाई नत रोक्न सकिन्छ नत छेक्न नै । बाढीसँगै आउने गेगरानले एकै छिनमा वस्तिसँगै उब्जाउ जमिन पनि सखाप पारी दिन्छ । यस्तै भएको छ सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० हुँदै बगेको गागन नदीले । उक्त नदीले वर्षेनी उक्त क्षेत्रमा उब्जाउ जमिनलाई कटान मात्रै गर्दैन बगेको खोलाले धार परिवर्तन गर्न थालेपछि उक्त क्षेत्र वरिपरका वस्ति नै जोखिममा पर्दै गएको छ । 

नदीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिंचाई डिभिजन सिरहामार्फत् गागन नदीको वहावलाई परिवर्तन गर्न नदीलाई चेनेलाइजेशनको काम गरेको छ । 

vlcsnap-2023-01-23-09h56m47s706

पन्द्रह खालको थोरै बजेटबाट विशाल हुँदै गएको गागन नदीलाई जमिन तथा वस्ति बचाउन गरेको चेनेलाइजेशनबाट नदीको धार परिवर्तन भएपछि यसपल्टको बाढीले खेती योग्य जमिन कटान नगरेपनि स्थानीय कृषक खुशी भएका छन् । 

वर्षातको समयमा गागन नदीमा आएको बाढीले हालसम्मको आकडा अनुसार तीसौं विघा खेती योग्य जग्गालाई बन्जड बनाइदिएको छ । ती खेती योग्य जग्गालाई कटान गरी बालुवैवालुवाले भरिदिंदा कसको खेत कहाँ छ भन्ने यकिन गर्न समेत गाह्रो परिदिंदा कतिपय स्थानीय त सुकुम्वासी समेत भइसकेको स्थानिय सोहेन्द्र प्रसाद यादवले जनाउनु भयो ।

vlcsnap-2023-01-23-09h58m31s739

गागन नदी पश्चिम तिर खेती योग्य जमिन कटान गर्दै बगिरहेको छ । सुख्खा याममा कम पानीले कटान नगरे पनि वर्षाको भेलले बाढी पुन त्यहि बाटो भएर फर्कीने सक्ने हुँदा मुहानको पश्चिम साईडमा स्पर निर्माणसँगै बाढीलाई अनियन्त्रित हुनबाट रोक्न संरक्षणको काम मधेश प्रदेशले अझै  गरिदिए बस्तिसँगै खेती योग्य जग्गा कटान हुनबाट समेत जोगिन सकिने बुझाई स्थानीयहरुको रहेको छ ।  


vlcsnap-2023-01-23-09h57m08s360