अनुभक्त चौधरी
महोत्तरी,माघ ८ गते । वर्षामा आउजाउ गर्न समस्या भईरहेको बेला महोत्तरीको एकडेरा गाउँपालिका वडा नं. ६ गोनरपुरको राम जानकी पोखरीमा मधेश प्रदेश सरकारको चालिस लाखको लागतमा क्रेटिङ वाल निर्माणले स्थानिय खुसी भएका छन् ।
वर्षातको याममा पोखरीको पानीले पूर्व र उत्तर पट्टीको डिल भासिदै जाँदा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग,पर्यटन तथा वन मन्त्रालयको उक्त रकमले १५७ घन मिटर क्रेटिङ वाल संगै घाट निर्माणले आउजाउ गर्न सहज भएको र घाटले नुहाई धुवाई गर्न सहयोग पुगेको स्थानियले जनाउनु भयो ।

पोखरीको दक्षिण रउत्तर डिलमा खाल्ड खुल्डि,मन्दिर र घरहरु भासिदै जाँदा क्रेटिङ वाल र घाट निर्माणले घरहरु जोगिए संगै आउजाउ गर्न अनि घाटमा नुहाउन,लुगाधुन लगायत वस्तुभाउलाई पानी खुवाउन सजिलो भएको स्थानिय लक्ष्मि यादवले बताउनु भयो ।
सार्वजानिक उक्त पोखरीको पूर्व र दक्षिणको डिल बाँकी रहेकोले बाँकी ठाउँमा अझ क्रेटिङ वाल भई दिदा फोखरीको सौन्दर्य थपिने स्थानियले आकलन गरेको छ ।
पुःन पूर्व र दक्षिण तर्फ क्रेटिङ वाल निर्माणको लागि प्रदेश सरकार संग स्थानियले अग्रह पनि गरेको छ ।





















