अनुभक्त चौधरी,

धनुषा,माघ ७ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ बेङाडावरमा अवस्थित ऐतिहासिक बेङाडावर पोखरीलाई मधेश प्रदेश सरकारले सौन्दर्यकरणका लागि विभिन्न खाले संरचनाहरु निर्माण गरिएकोे छ । 

मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालय अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत् करिव ४४ लाखको लागतमा घाट निर्माण, कम्पाउण्ड वाल, सोलार लाईट, कुर्सी लगायतका संरचना निर्माण गरिदिएपछि वर्षौ पुरानो रहेको पोखरी सौन्दर्यकरणसँगै संरक्षण समेत भएको हो । 

vlcsnap-2023-01-21-11h18m23s697

पौराणिक भनाइ अनुसार उक्त ठाउँमा बेंग नै बेंग अथवा (भ्यागुता नै भ्यागुताको वास रहेकाले उक्त ठाउँलाई बेंगाडाबर नामाकारण गरिएको स्थानीय बुद्धिजीवी बताउँछन् । सार्वजनिक बेंगाडाबर पोखरीमा आसपासका करिव पाँच सय वस्तिका स्थानीयहरुले सुखभोख गर्दै आएको छ । यद्यपि पोखरीको डिलमा घाँस र झारीले दुर्घन्दित भएको बेला  नयाँ घाट निर्माणसँगै विभिन्न संरचना निर्माणले पोखरीको सौन्दर्यता बढ्नुको साथै मिथिला संस्कृति अन्तर्गत मनाइने ठूलो चाड छठ पर्व लगायत अन्य काम गर्न स्थानीयलाई सहज भएको हो ।

vlcsnap-2023-01-21-11h18m13s734

वर्षौ देखि जिर्ण पोखरी अहिले सौन्दर्य करणले झकीझकाउ भएको छ । अझ पोखरीको विचमा मन्दिर निर्माण लगायत आकर्षक र मनमोहक किसिमका सामाग्रीहरु व्यवस्थापन मधेश प्रदेश सरकारले गरि दिए पोखरीको सौन्दर्यता अझै थपिन सकिने आकलन स्थानीयले गरेका छन् । 

vlcsnap-2023-01-21-11h19m01s964