अनुभक्त चौधरी

सिरहा,माघ ५ गते । धनुषा जिल्लाको मिथिला नगरपालीका वडा नं. ७ केमिलीपुर सामुदायिक वन क्षेत्रको बथान गहिरी स्थानमा पार्कको संरचनाहरु निर्माण भएको छ । 

आर्थिक वर्ष २०७८/०७९ को मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको ३८ लाखको लागत सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत पार्क निर्माण हुन लागेको हो । 

vlcsnap-2023-01-19-11h46m14s682

चुरेको फेदमा अवस्थित अति रमणीय र मनमोहक दृश्य समेत रहेकाले सबैको आकर्षणको केन्द्र बन्ने सक्ने उद्देश्यका साथ उक्त स्थानमा पार्क निर्माण प्रक्रिया शुरु गरिएको स्थानीय रामकुमार महतोले जनाउनुभयो ।

१५ हेक्टर क्षेत्रफलमा बन्न लागेको पार्कमा अहिले १७० मिटर लम्वाई, ८५ मिटर चौडाई र ८ फिट गहीरो ताल निर्माणसँगै, गोल घर,  बस्ने चौतारा, ठाउँ ठाउँमा कुर्सी लगायतका सामाग्रीहरु व्यवस्थापन गरिएको छ । 

vlcsnap-2023-01-19-11h46m22s357

मधेश प्रदेश सरकारले उक्त स्थानमा गरेको लगानीले त्यस क्षेत्रका स्थानीयहरु खुशी भएका छन् यद्यपि पार्कको सम्पूर्ण संरचनासँगै मनोरन्जनका सामाग्रीहरु अपुग छन् । पार्कलाई थप सहयोगको खाँचो रहेको छ । पार्कले छिट्टै पूर्णता पाऊन भन्ने उद्देश्यका साथ स्थानीय प्रतिक्षारत छ । 

vlcsnap-2023-01-19-11h46m48s122