सिरहा,पुस२८ गते । सिरहाको  धनगढीमाई नगरपालीका  वडा नं. १३ भर्लेनीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको एकाई लाखको लागतमा ग्रिनेरी पार्क निर्माण भएको छ । 

वडा कार्यालय र स्वास्थ्य चौकीको हाताभित्र रहेको खाली जग्गालाई सदुपयोग गर्दै मनोरम हरीयाली वातावरणको लागि पार्क बनाईएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले जनाउनु भयो । प्रदेश सरकारको सहयोगमा निर्माण भएको ग्रिनेरी पार्कमा चारै तिर घुम्ने बाटो, ठाउँ ठाउँमा बस्ने बेन्च स्टेडियम लाईट लगायतका संरचनाहरु बनाइएको छ । 

vlcsnap-2023-01-12-15h53m52s896

ग्रिनेरी पार्कमा अझ सौन्दर्यता बनाउनको लागि पार्कको विचमा पानीको फोहोरा लगायत अझै संरचनाहरु बनाउन बाँकी रहेकोले प्रदेश सरकारसंग थप सहयोगको लागि स्थानीयले आग्रह गरेको छ । 

बनाइएको पार्कले वडा कार्यालय र स्वास्थ्य कार्यालयमा आउने सेवाग्राहीको चापसँगै चौबाटोमा समेत परेकाले सबैको आकर्षणको केन्द्र अहिले ग्रिनेरी पार्क बनेको छ । उक्त बाटो भएर दैनिक सयौंको संख्यामा मानिसहरुको आउजाउ हुने गरेकाले कालान्तरमा रमणीय तथा पर्यटकीय स्थल समेत बन्ने सक्ने संभावना रहेको स्थानीयको आकलन रहेको छ । 

vlcsnap-2023-01-12-15h54m10s233