सिरहा,पुस२८ गते ।सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रामजानकी मन्दिरको प्रांगणमा रहेको पोखरीमा मधेश प्रदेश सरकारको ४३ लाखको लागतमा तीन सय चालिस मिटर पोखरी घाट निर्माण भएको छ । 

मधेश प्रदेश सरकारका  निवर्तमान सांसद मदन श्रीवास्ताको संसदीय विकास कोषको रकमबाट निर्मित पोखरी घाटले पोखरीको सौन्दर्यता बढ्नुको साथै विभिन्न चाड पर्वमा नुहाई धुहाई एवम् पूजा पाठ गर्न सहयोग पुगेको पोखरी घाट निर्माण समितिका अध्यक्ष धर्मेश्वर प्रसाद चौधरीले वताउनुभयो । 

vlcsnap-2023-01-12-15h58m07s796

एक विघा ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त पोखरी यसअघि अव्यवस्थितका कारणले मिथिली संस्कृति अन्तर्गत मनाइने विभिन्न चाडवाडमा नुहाई धुहाई गर्न अप्ठ्यारो परिरहेको बेला मधेश प्रदेश सरकारको सहयोगमा पोखरी घाट निर्माणले सहयोग पुगेको स्थानीय रामप्रसाद चौधरीले वताउनुभयो ।

दश वटा वडा रहेको सुखीपुर नगरपालिकामा सम्भतः सार्वजनिक पोखरी मध्ये राम जानकी मन्दिरको परिसरमा रहेको यो पोखरी सबै भन्दा ठूलो पोखरी हो । धार्मिक, पर्यटकीय एवम् सार्वजनिक स्थलहरुमा स्थानीय सरकारले ध्यान दिनुपर्ने भए पनि स्थानीय सरकारको उदासिनताको कारण नगर क्षेत्रभित्र रहेका विभिन्न मठ मन्दिर, पोखरी, धार्मिक तथा पर्यटकीय स्थलहरु ओझेलमा पर्दै गएको स्थानीयकोे आरोप रहेको छ । 

vlcsnap-2023-01-12-15h57m08s414

धार्मिक स्थलको रुपमा रहेको रामजानकी पोखरी लगायत विभिन्न मठ मन्दिर एवम् धार्मिक स्थलहरुको अझ सौन्दर्यकरणको खाँचो रहेको छ । मधेश प्रदेश सरकारले सुखीपुर नगरपालिका क्षेत्र भित्र रहेको यी यस्ता पोखरी, धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई पहिचान गरी सौन्दर्यकरण गर्नमा थप सहयोग गरिदिन स्थानीयले आग्रह गरेको छ ।