बिनोद मण्डल

सिरहा ,पुस २६ गते ।मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ ।

पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ ।

चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ ।

चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण गर्न सकेको अर्का वडा अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिनुभयो ।

जनतालाई चिसोबाट बचाउनका लागि दाउरा वितरण गरेर नगरले अशल काम गरेको वडा अध्यक्ष ओम यादब बताउनुहुन्छ  ।

दाउरा वितरणले धनगढीमाईको विभिन्न टोल बस्तीमा सामूहिक जंमघट हुने स्थलहरूमा दाउरा वितरण गरिएको हो ।