सिरहा,पुस २६ गते ।बाक्लो कुहिरोसँगै चलेको चिसोको हावाको कारण सिरहा लगायत मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा विशेषतः विपन्न परिवारहरुलाई सहयोगको खाँचो रहेको छ । रकम अभावमा बाक्लो लुगासँगै खानेकुरा समेत भरपुर नहुँदा उनीहरुको जीवन यापन सकस बन्दै गएको छ ।

केही दिनदेखि चलेको शितलहरसँगै चिसो हावाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । चिसोको कारण मानिसहरुको यावत जावत पात्लिएको छ भने बाक्लो हुस्सुको कारण दिउँसै सडकमा वत्ति बालेर यातायातका साधनहरु गुडिरहेको छ ।
अत्यधिक जाडोको कारण विहान बेलुका काम गरेर छाक टारिरहेका मजदूरहरु बढी पीडित भएका छन् । रकम अपर्याप्तता कारण शरीरलाई ढाक्ने बाक्लो कपडा छैनन् भने काम नगरे विहान बेलुका छाक कसरी टार्ने भन्ने पिरलो उनीहरुको छ । एयगकभ‘
चिसोको कारण ज्यानै बचाउन मुश्किल रहेकाले भोकभोकै भए पनि ती विपन्न परिवारहरुले शरीरलाई न्यानो बनाइ राख्न परालको घुराको सहारा बनाउन पुगेको छ । चुनावको समयमा भोट बैंकको रुपमा रहेका यी दलित विपन्न परिवारहरुले अत्यधिक चिसोले लगलग कामिरहेको बेला पनि विजयी भएका जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहारा नपाउँदा उनीहरु थप पीडित बनेका छन् ।


















