बर्दिया,मंसिर २८ गते । बर्दियाको बढैयाताल गाउँपालिका २ बाट लागुऔषध सहित दुई जना पक्रउ परेको छ । पक्रउ पर्नेमा सोहि गाउपालिका १ डाँफेको १६ वर्षिय किशोर सहित २ जना लाई पक्रउ परेको छ ।  बढैयाताल गाउँपालिका(२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित २ जनालाई मंगलबार साँझ पक्रउ गरेको प्रहरीले जनाएको छ । 

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।