सिरहा,मंसिर २२ गते ।पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषय प्रति  प्रहरी प्रशासन उदासिन देखिएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष सहित सिरहाका पत्रकारहरु लहानको सहिद चौकमा दोषीलाई कारवाहीको माग  गर्दै धर्नामा बसेको छन् ।

गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका  वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषय प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका थिए ।

दोषीको कारवाहीको माग गर्दै  ईलाका प्रहरी कार्यालय लहानमा जाहेरी समेत दिएका प्रहरीले अनुसंधानमा कुनै चासो नदेखाएको भन्दै आज विहान देखी लहान बजारको मुख्य चौकमा सिरहाका पत्रकार धर्नामा बसेका छन् ।

नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले आफूहरुको फोटो किन खिचेको  भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए । 


गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक  प्रदेश ०१–००१बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए ।

पालिका अध्यक्षका छोरा चन्दन यादवको नेतृत्वमा आएका युवाहरुले पत्रकार सिंहलाई निर्घात कुटपिट गरेको बताईएको छ ।