सिरहा,मंसिर १९ गते । सिरहाको भगवानपुर प्राथमिक उपचार केन्द्रमा ३ दिने स्थायी बन्ध्याकरन शिविर सांलन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा सन्तानको रहर पुगेका दम्पतिहरुको लागि निशुल्क शिविर सन्चालनमा गरेको हो ।
सन्तानको रहर पुगेका महिला वा पुरुषहरुले स्थायी बन्ध्याकरन गर्न मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालयले सिरहाले जनाउनु भयो।
जिल्लाका विभिन्न स्थान र मितिमा घुम्ती शिविर सन्चालनमा रहने तालिका अनुसार भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका का सेवाग्राहीहरु लाई सहजता भगवानपुरमा शिविर सन्चालनमा गरिएको स्थानियले बताउनु भयो ।
शिविर मंसिर १५ देखि शुरु भएको छ भने अगामी पौष १० गते सम्म जिल्लाको ७ ठाँउमा सन्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले सिरहाले उल्लेख गर्नु भयो ।




















