नरेशचन्द्र बरबरिया धनुषा मंसिर १७ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका रामपुकार यादवलाई १५ सय थान बोरा र बोरा सिउने मेसिन सहयोग गरेका छन ।
यूएनडिपीको आर्थिक सहयोग र सामुदायिक सुधार केन्द्र (सीआईसी)को प्राबिधिक सहयोगमा यादवलाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
राम पुकार यादव करिब दुई बर्ष देखि निरन्तर गड्यौला मल उत्पादनमा सक्रिय रहेकोले किसानको मन जित्न सफल भएका यादवलाई थप मद्दत पुगोस् भन्ने उदेश्यले सामाग्री प्रदान गरेको सि.आई.सिका अध्यक्ष संजय साहले जानकारी दिएका छन ।
किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि किसानहरुको बिश्वास बढे संगै मलको प्रयोग दिनप्रतिदिन बढदो छ ।
रामपुकारकाे मिहिनेतले गर्दा त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ। एउटा खाडल(पिट)बाट सुरु गरेको रामपुकारले अहिले ठूलो मात्रमा मल उत्पादन गर्न थालेका छन । कार्यक्रममा ग.चा.न.पा मेयर जितनारायन यादव, वडा अध्यक्ष नन्दकिसोर यादव र सामुदायिक सुधार केन्द्रका अध्यक्ष संजय साह, प्रोग्राम कोर्डिनेटर मुकेश यादव लगायत किसानहरुको सहभागी रहेको थियो ।




















