सिरहा,मंसिर १६ गते । सिरहाको बरियापट्टीमा सालनाल सहित भेटिएका नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।
बिहिबार विहान बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७ सय मिटर पश्चिम दक्षीणमा सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु भेटिएको थियो ।
स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।
बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाईएको थियो ।
चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वास मा समस्या भई भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला अस्पताल सिरहाले ले जनाएको छ ।




















