सिरहा,मंसिर १५ गते । सिरहाको बरियापट्टी गाँउपालिकामा आज विहान सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु फेला परेको छ ।

बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७०० मिटर पश्चिम र दक्षीणमा आज विहान भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।

बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।

उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ । स्थानियका अनुसार उक्त बच्चा अबैध सम्वन्धबाट भएकोले लोकलाजका कारण फालिएको बताए ।