हेटौंडा,मंसिर १४ गते । मकवानपुरको बकैया(३ मा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।
गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २(०३(०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा एकजनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया(५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।




















