जनकपुर–मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४ ९२० को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि नौ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर पहिलो पार्टी बनेको छ ।
विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधि सभाका लागि एमालेले सिरहा—१, धनुषा–३, सर्लाही–३, बारा—१,पर्सा—३,सिरहा—३, बारा—३ र महोत्तरी—१लगायत क्षेत्रमा जितेको छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी–१९१०, सिरहा—१९१०, सिरहा—२९२०, सिरहा ३९१०, धनुषा—१९१०,धनुषा—२९१०, धनुषा—३९२०, धनुषा—४९२०, रौतहट—२९१०, बारा—१९१०, बारा ३९१०, बारा—४९१०, बारा—३९२०, महोत्तरी १९१० र महोत्तरी ४९१० गरी १५ स्थानमा जितेको छ।
नेपाली कांग्रेसले प्रतिनिधि सभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभातर्फ सप्तरी—३, धनुषा—२, रौतहट–४, पर्सा—२, पर्सा—४, सप्तरी—४ र महोत्तरी—४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३९१०, धनुषा— ३९१०, धनुषा—४९१०, सर्लाही—२९१०, सर्लाही—२९२०, सर्लाही—४९१०, रौटहट—१९१०, रौटहट—१९२०, रौतहट—३९२०, पर्सा—२९१०, पर्सा—३९२०, पर्सा—४९१० र धनुषा १९१० मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो ।
जनता समाजवादी पार्टी ९जसपा०ले प्रतिनिधि सभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभामा सप्तरी—१, सिरहा—४,पर्सा—१, बारा–२, सिरहा–२ र धनुषा १ मा जितेको छ ।
त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा—२९२०, पर्सा—१९२०, पर्सा—४९२०, बारा—१९२०, रौतहट—४९२०, सर्लाही—३९२०, सिरहा—१९२०, बारा—२९२० र महोत्तरी ४९२० मा जितेको छ। विसं २०७४को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रूपमा रहेको जसपाले प्रतिनिधि सभामा ९ र प्रदेश सभामा १९ सिट जितेको थियो ।
यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधि सभामा लोसपाले महोत्तरी–२, सर्लाही–१ र महोत्तरी—३ मा तथा प्रदेश सभामा पर्सा—२९२०, महोत्तरी—२९१०, महोत्तरी—३९१०, महोत्तरी—३९२०, सर्लाही—१९१०, सिरहा—४९२० र बारा—४९२० मा जितेको छ ।
विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी ९राजपा० हुँदा लोसपाले प्रतिनिधि सभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधि सभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधि सभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी—२ मा पराजित गर्नुभयो । सो पार्टीले प्रदेशसभामा सप्तरी–१ ९२०, सप्तरी–२९१०, सप्तरी–२९२०, सप्तरी–३९२०, सिरहा—४९१० र सिरहा—२९१० मा जितेको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधि सभातर्फ सर्लाही—४,रौतहट—२ र रौतहट—३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा—३ ९१०, बारा—२९१०, महोत्तरी—२९२०, रौतहट—३९१०, सर्लाही—३९१० र सप्तरी—४९२० मा जितेका हुन् ।
नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधि सभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेश सभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।
प्रतिनिधि सभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित हुनुभएको छ । प्रदेशमा माओवादीले सर्लाही—४९२०, महोत्तरी—१९२०, रौतहट—४९१० र पर्सा १९१० बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा ९एकीकृत समाजवादी० पार्टीले प्रतिनिधि सभाका लागि रौतहट—१ र बाराबाट दुई सिट र प्रदेश सभामा रौतहट—२९२०, सर्लाही—१९२०, सिरहा—३९२० र सप्तरी—४९१० गरी चार सिट जितेको छ ।




















