सिरहा,मंसिर १० गते । सिरहा क्षेत्र नं. ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएपछि विजयी र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ श्रेष्ठका निकटतम् प्रतिदन्दी विश्नाथ साहका दाजु देवनाथ साहको गोलबजार स्थित वडा नं. ४ को घरमा ढुंगामुडा गरेको विरोधमा आज सिरहाको गोलबजार वरपर सडक अवरुद्ध गरेको छ ।

र्यालीमा सहभागी कार्यकर्ताले घरमा ढुंगामुडा गर्दा घरका झ्यालका सिसाहरु पmुटेका छन् भने स्थानीय ४३ वर्षीय श्रीचनलाई कुटपिट समेत गरेका छन्, कुटपिटबाट साहको फुटेको छ । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
सडक अवरुद्धले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोहर्वा, गोलबजार, निपनिया लगायतका ठाउँमा विरोधकर्ताहरुले सडकमा टायर बालेर अवरोध गर्दा सयौंको संख्यामा सवारीका साधनहरु बीच बाटैमा अलपत्रमा परेका छन् । एक्कासी सडक अवरुद्ध भएपछि यात्रीहरु पैदलै आफ्ना गन्तव्यतर्फ लागेको देखिन्छ ।

सिराहाका प्रमुख जिल्ल अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा बार्ता भइरहेको बताए का छन् । नेकपा माओवादी केन्द्र, सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भत्र्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्।
न्यूजको भिज्यूवल एफ.टी.पी.को सिरहा सडक अबरुद्ध न्यूज १० मंसिर शिर्षकमा छ ।





















