सिरहा २ मा राजकिशोर यादव विजयी


सिरहा,मंसिर १० गते। सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यामा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनको जसपाका राजकिशोर यादव विजयी भएका छन् । 


राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसकी चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भइन् ।

 उनले २३ हजार २८ मत प्राप्त गरेकी छन् भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा समित्त भए । 


मत गणनाको सुरुवाती अवस्था देखि राजकिशोर अग्रता कायम राख्यो भने जनमतका विनोद यादवले पिछा गर्दै थिए । विनोदको मत घट्न थालेपछि चित्रलेखाले अग्रता लिन थालिन् तर उनलाई अघि बढ्न दिएन राकिशोरले आफ्नो अग्रता कायमै राख्यो ।


‘यो जनताको जित हो, मैले नेतृत्व मात्र गरेको छु,’राकिशोरले भने,‘क्षेत्रबासीको लागि एक युगको अन्त्य भएको छ । नयाँ युगमा प्रवेश गरेकोले नौलो तरिकाबाट विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सडक संजालहरुको सुधार गर्नेतिर लाग्ने छु ।’


जनतासँग गरेको बाचालाई ध्यानमा राखेर त्यो पुरा गर्ने प्रतिबद्ध गरेको उनले विश्वास दिलाए । ‘जनताको शासक होइन, सेवक भएर क्षेत्रबासीलाई निरन्तर सेवा गर्नेछु । आफुबाट हुने क्षेत्रबासीको हरेक काम गर्न सदैव तयार छु ।’ बाचा एकातिर र व्यवहार अर्कोतिर नगरिने उनले थपे । 

यसैगरी,एमाले जसपा गठबन्धनको एमालेका सत्रुधन प्रसाद सिंहले सिरहा निर्वाचन क्षेत्र नं।२ ९ख० प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले १३ हजार ७ सय ९७ मत प्राप्त गरे भने सत्ता गठबन्धन नेकपा एसका मदन सेन श्रीवास्तवले ११ हजार २५ मत मात्र पाए । सिंहले २ हजार ७ सय ७२ को मतान्तरले जित हासिल गरे । जनमतका विनोद कुमार चौधरीले ६ हजार ८ सय ५४ मत ल्याए ।

balba

त्यस्तै, क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्यमा जनमत पार्टीका संजय कुमार यादवले १२ हजार १ सय ७१ मत ल्याएर जित हासिल गरेको हो भने जसपाका विजय कुमार यादवले ११ हजार ५ सय २७ मत पाए । संजयले ६ सय ४४ मतान्तरले जित हात पारे । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका जीवछ यादवले १० हजार ६ सय ६५ मत ल्याए ।