सिरहा,मंसिर ९ गते । औद्योगिक लगानि र पूर्वाधार,समृद्धिको बलियो आधार मुलनारा सहित सिरहा लहानमा आठौ उद्योग दिवस मनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लहानको अयोजना भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लाल वावु कवारीले भने हामीलाई देशले के दिएका छ भन्दा हामीले देशलाई के दियौ त्यो त्यो महत्वपूर्ण हो जव सम्म देशलाई केही दिनु भएन भने देश संग तपाईले मग्ने अधिकार हुदैन भन्दै उनले भने असल व्यापारी हुनुमा समयमा कर तिर्नु, सही व्यापार गर्नु पर्छ र उपभोक्तलाई सही र उपयुक्त सामान दिनु समाजिक उतर दाईत्वको बहन गर्नु पर्ने वताउनु भयो ।

अहिले व्यापारको अवस्था खसकीएकोले घरेलुले सिप दिएर मात्र नहुने यसको बजारको व्यवस्था पनि गर्नु प्रमुख सिरहा जिल्ला अधिकारी कवारीले उल्लेख गर्नु भयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला निकायहरु लगायत घरेलु लघु उधमीहरुको उपस्थिती रहेको थियो ।





















