सिरहा, मंसिर ८ गते । चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा पछिल्लो मत परिणाम अनुसार एउटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी भएका उम्मेद्वारहरुले विजयी जुलुश मनाउन थालेको छ । अब सिरहामा तीन प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यहरुको लागि मतगणना भइरहेको छ । चार प्रतिनिधि सभामध्ये सिरहा क्षेत्र नं. १ मा नेकपा एमालेका रामाशंकर यादव निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पद्म नारायण चौधरीलाई २०८३ मतान्तर ल्याई विजयी भएका हुन् । विजयी हुनु भएका यादवको २९४६२ मत रहेको थियो भन प्रतिदन्दी चौधरीले २७३७९ मत प्राप्त गर्नुभएको थियो ।त्यसैगरी प्रदेश सभा अन्तर्गत सिरहा क्षेत्र नं. १ (क) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरीले नेपाली कांग्रेसका सुनिल कुमार महतोलाई ११४६ मतान्तरमा विजयी भएका हुन् । प्राप्त अनुसार चौधरीले ११७२१ र महतोले ११५५० मत ल्याएका थिए । त्यस्तै सिरहा क्षेत्र नं. २ (ख) मा नेकपा एमालेका उम्मेद्वार शत्रुधन प्रसाद सिंह २७७२ मतान्तरले विजयी भएका छन् । विजयी हुनु भएका सिंहले १३७९७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिदन्दी नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले ११०२५ मत ल्याएका थिए । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार मनोज कुमार सिंहले नेपाली कांग्रेसका रामसगुन यादवलाई ३००७ मतले पछि पार्दै विजयी हासिल गरेका छन् । विजयी सिंह १५८६६ मत ल्याईविजयी भएका छन् उनका निकटतम प्रतिदन्दी नेपालीकांग्रेसका उम्मेद्वार रामसगुनयादवले १२८७९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सिरहा क्षेत्र नं. ४ (क) को मत परिणाम अनुसार जनमत पार्टीका त्रिभुवन साहले निकटतम प्रतिदन्दी नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई ११४६ मतान्तर बनाउँदै विजयी भएका छन् । मत परिणाम अनुसार विजयीहुनु भएका साहले ८२२८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिदन्दी नेकपामाओवादी केन्द्रका महेन्द्र पासवानले ७०८३.मत ल्याएकाथिए ।अब सिरहामा तीन प्रतिनिधि सभा क्षेत्र नं. २, ३ र ४ बाँकी रहेको छ भने प्रदेश सभामा क्षेत्र नं.१ को (ख), क्षेत्र नं. २ को (क), क्षेत्र नं. ३ को (ख) र क्षेत्र नं. ४ को (ख) मा विजयी हुन बाँकी रहेको छ । 

हालसम्मको मत परिणाम अनुसार प्रतिनिधि सभाको २ मा जसपा नेपाल, ३ मा नेकपा एमाले, ३ मा नेकपा एमाले र ४ मा जसपा नेपाल अगाडि देखिएको छ भने प्रदेश सभा अन्तर्गत १ को (क) मा जसपा, २ को (क) मा जनमत पार्टी, ३ को (ख)मा नेकपा समाजवादी र ४ को (ख) मा लोसपा अगाडि देखिएको छ ।