सिरहा,मंसिर ६ गते । सिरहा जिल्लामा रहेको चार वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना शान्तिपूर्ण ढंगले जारी रहेको छ । पछिल्लो मत परिणाम प्रतिनिधि सभामा सिरहा क्षेत्र नं. १ मा नेपाली एमाले, २ नं. नेपाली कांग्रेस, ३ नं. एमाले र ४ नं. मा जसपाले अग्रता लिएको छ ।
मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा एमालेका रामशंकर यादवको २०४७ रहेको छ भने उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पदम नारायण चौधरीको १६९१ मत प्राप्त गरेको छ । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चित्रलेखा यादवको १३८५ र उनका निकटतम प्रतिदन्दी जसपाका राजकिशोर यादवले १३८२ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठले ११३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिदन्दी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले ८०६ मत प्राप्त गरेका छन् । त्यस्तै सिरहा क्षेत्र नं. ४ मा जसपा नेपालका विरेन्द्र महतोले ८७७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिदन्दी नेकपा एकीकृत समाजवादीका धर्मनाथ साहले ५२० मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश सभा अन्तर्गत सिरहा क्षेत्र नं. १ (क) सूर्य छापमा १६३०, रुखमा १५५८, त्यस्तै सिरहा क्षेत्र नं. २ (क) मा हसिया हथौडा १६७३ र छाता छापमा ११८६, त्यसैगरी सिरहा क्षेत्र नं. ३ अन्तर्गत ३(ख) मा रुखमा १५२४ र कलम छापमा ९९२ तथा क्षेत्र नं. ४ (क) सूर्यमा ११०२ र स्वतन्त्र रिक्सा छापमा ८१४ मत प्राप्त गरेको छ ।
चार लाख २२ हजार ७१२ मतदाता रहेको सिरहामा यसपल्टको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि भएको मतदानमा ६६.७ प्रतिशत मत खसेको थियो ।
न्यूजको भिज्यूवल एफ.टी.पी.को सिरहा मतगणना जारी ६ मंसिर शिर्षकमा छ ।




















