सिरहा  मंसिर १ गते । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सिरहा क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका बाम गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साह  र सिरहा ३ (ख)बाट प्रदेश सभा सदस्य प्रमोद यादव बलियो देखिएको छ । 

एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार  लिलानाथ  श्रेष्ठ र विश्वनाथ साहको  प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ । 

जनमत पार्टी बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. दिनेश यादव रहेको छ भने  सिरहा क्षेत्र न ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार गायक ज्ञानु यादव रहेका छन ।

सिरहा क्षेत्र नं. ३ प्रदेश सभा (ख) बाट  नेपाली कांग्रेसका  उम्मेदवार संजय प्रकाश यादव रहेका छन ।