धनुषा, मंसिर १ गते । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा धनुषा क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका जसपाका नेता समजसेवी गंगाराम यादवलाई परिवारको साथ र सहयोग जुटदै गएको छ ।
समजसेवी यादवको जेठो छोरा सुमित यादव कान्छो छोरा न्यास यादव, छोरी पूजा यादव , बुहारी प्रींयका यादव अहिले घरदैलो र मतदातालाई भोट कसरी हाल्ने भनेर प्रशिक्षणमा व्यस्त छिन छोरी र बुहारी ।
यादवका सम्पुर्ण परिवार र आफन्तहरु चुनाबमा सघाउनका लागि काम बाट केही दिनका लागि बिदा लिएर यादवलाई जिताउन दिनरात फिल्डमा खटिरहेको तस्बिरहरु सार्वजनिक भएको देखिन्छ ।
जसापा पार्टी बाट समाजसेवी गंगाराम यादव र सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ ।
समाजसेवीका रुपमा चर्चामा रहेका उनलाई जनताले आ-आफ्ना समस्याहरु सुनाउन छाडेका छैनन् । यादवले समजमा गरेका कामको मूल्याकंन अहिले जनताले गर्दैछन ।




















