सिरहा,मंसिर १ गते । प्रतिनिधि सभा र प्रदेश सभा चुनाबको ३ दिन बाँकी रहेकै बेला सिरहाको मिर्चैयाबाट सशस्त्र प्रहरीले हतियार सहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे।क्वा। सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार थापाको आदेश अनुसार सुरक्षा बेश मिर्चेयाबाट खटिगएको मोवाईल गस्ति टोलिले जिल्ला सिरहा, मिर्चैया नपा ६ मिर्चैया कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्ने क्रममा हतियार बरामद गरिएको हो ।
सशस्त्र प्रहरीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको होन्डा साईन मोटरसाईकलमा सवार सिरहा जिल्ला नवराजपुर गा।पा। ५ बस्ने देवन ठाकुर शर्माको २९ वर्षीय छोरा प्रेम शर्मा र त्यही गा।पा। ३ बस्ने राम चरित्र मोचिको २७ वर्षीय छोरा आनन्द कुमार रामलाई शंङ्काको आधारमा चेकजाँच गर्दा निज ब्याक्तिहरुको साथबाट १ थान रिभल्वर पेस्तोल फेला परेको हो ।
ह्तियार सहित पक्राउ गरिएको दुवैजनालाई थप अनुसंधान तथा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाईएका हो ।
निर्वाचन लक्षित सशस्त्र प्रहरीले सिरहाको सुरक्षा व्यवस्था थप कडाई गरिएको छ ।




















