धनुषा, कार्तिक २७ गते । धनुषा क्षेत्र न .२ बाट उम्मेदवार रहेको जसपाका समजसेवी नेता गंगाराम यादव र रामशिष यादवले प्रचारप्रसारका लागि ल्याएको बेलुन विपक्षी पार्टीका कार्याकर्ताले फुटाएका छन ।
जनकपुर देखि यदुकुहा जाने बाटोमा गाडीमा माथी राखेर ल्याउदै गर्दा बिच बाटो बलगंगामा केही विपक्षी ईष्र्या डाहले बेलुन फुटाएको जसपाका एक कार्याकर्ताले बताए ।
अक्सिजन भरिएको बैलुन बलगंगा चौकमा गाडी रोकेर राख्दै गर्दा उक्त बेलुन फुटाएर च्यात्तिएर भाग भागमा बाडिएको अवस्थामा फेला गरेको थियो । ठुलो बेलुन आकर्षकको केन्द्र बन्दै गर्दा मानिसहरु सेल्फी खिचाउन भिड नै लागेको थियो ।




















