जनकपुरधाम कार्तिक २६ गते । 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (२) का स्वतन्त्र  युवा उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।आसन्न निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (२) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशूल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने छु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

बलबालिकाहरुको उज्जवल भविष्यका लागि पोषणयूक्त आहार, नैति शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय,  वैकल्पिक ब्लड बैंक ,समाज सेवा एवं समाजिक योगदान ,खेलकुद मैलान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने अम्भुको प्रतिबद्धता पत्रमा उल्लेख छ । साथै राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

‘राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका निमित्त सदैव प्रतिबद्ध भई प्रदेशसभामा प्रतिनिधित्व गर्दै प्रदेशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धन गर्छु,’ उनले भनेका छन् ।