धनुषा कार्तिक २४ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधि सभाको लागि धनुषा २ बाट उम्मेदवार रहेको जसपाका समजसेवी नेता गंगाराम यादवको घरदैलोमा व्यापक जनसहभागिता देखिएको छ । सो क्षेत्रमा जनताले माला अबिर टीका लगाएर स्वागत गर्ने क्रम जारी रहेको छ । समाजसेवी यादव आफ्नो निर्वाचन क्षेत्रहरुमा पुग्दा जनतालाई भगवान आए जस्तो लाग्छ किन भने यादव आमजनताका लागि बिना पैसा लिए निस्वार्थ भावनाले सहयोग गर्ने उहको स्वभाव छ ।
उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जना रहेको यादवले बताएका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेको छन । यादवको घरदैलोमा अहिले युवादेखि बृद्धसम्मको जनलहर देखिएको छ।




















