सिरहा, कार्तिक२२ गते । तान्त्रिक विधा सिद्ध हुने विश्वासले आज सिरहा धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा नुहाउनेहरु भीड लागेको छ । एक्काइसौं शताब्दीमा पनि यसरी रुढिवादी परम्परालाई बढावा दिने खालको गतिविधि भइरहँदा समेत नियमन निकाय मौन बस्नु यसले समाजमा अझै प्रश्रय पाउन सकिने आकलन गरिएको छ ।
कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरे तंत्र मन्त्रको विधा प्राप्त हुने विश्वासले सिराहा धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा नुहाउनेहरुको आज असंख्य भीड लागेको छ ।

टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने विश्वासका कारण आज दुरदराजसँगै भारतबाट पनि स्नान गर्नका लागि कमला नदीमा भीड लागेको हो ।
मुख्यतः ग्रामीण भेगका अशिक्षित, विपन्न, दलित, महिलाहरुले देउता खेल्दै कमला नदीमा पुगिने गरिपनि पछिल्लो समय अन्य वर्गहरुले पनि आजको दिन कमला नदीमा नुहाउन ओइरिन थालेपछि वर्षेनी नदीमा नुहाउनेहरुको संख्या बढ्दै गएको हो ।
बोक्सीको आरोपमा दिनदिनै महिलाहरुमाथि हिंसा भइरहेको समाचार सुनिरहेको बेला यसरी एकाइसौं शताब्दीको वैज्ञानिकम युगमा तान्त्रिक विद्यालाई बढावा दिने खालको गतिविधि भइरहँदा समेत नियमन निकाय मौन बसेपछि यसले अझ समाजमा प्रश्रय पाउन सकिने आकलन स्थानीय बुद्धिजीवीहरुले गरेका छन् ।





















