सिरहा,कार्तिक २२ गते । दाजुभाइ–दिदीबहिनीले भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने चाडका रुपमा लिएको सामा चकेवा पर्व आज समापन भएको छ । 

छठमा अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि शुरु भएको सामा चकेवा पर्ब कार्तिक पुणिर्मासम्म मनाउने चलन भएकाले आज समा चकेवालाई विधिपूर्वक समापन गरिएको छ । 

vlcsnap-2022-11-08-18h22m20s886

मिथिलाका अविवाहित र विवाहित महिलाले अति रोचक साथ मनाउने सामा चकेवा स्थानीय उत्पादनबाट बनाएका सामा, चकेवा, वृन्दावन, सतभइया, चुगला लगायत माटोको आकृति बनाई डालामा राखि छरछिमेकका सबै जना एकै ठााउमा भेला भई गित गाउदै यो पर्ब मनाउने गर्दछन् । 

द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको कामना गर्दै सामा पर्व मनाइएको मान्यता अनुरुप अहिलेपनि अवेर साँझ टोलटोलबाट सामाचकेवा लोक पर्वको स्वर गुन्जिन्छ ।