सिरहा,कात्तिक २२ गते। सिरहा,धनुषाको सीमाना छुट्याउने कमला नदीमा आफ्नो ज्ञान पाको पार्न आउने धामी–झाँक्रीको मेला नै लागेको छ। वर्षभरी आफूले सिकेको ज्ञान पाकोपार्न आज कमला नदिमा धामी–झाँकीहरुको भिडलाग्ने गरेको हो।

प्रत्यक वर्ष कत्र्तिक पूर्णिमाका दिन हिजै बेलुका गाउँ–गाउँबाट हिडेका धामी–झाँक्रीका समूह कमलानदीको उतराहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा सतवैत (सपथ) गर्ने गरेका छन्।

पहेलो धोती र सारी पहिरेका बेतको लौरो, हुरहुरत्र्ती बलिरहेको माटोको ढकना ९भाँडा० बोकेका सिकारु धामि–झाक्रिहरु आजकै दिन कमला नदीमा डुवेर शपथलिने गरेपछि पाको हुने विश्वास साथ पुग्ने गर्दछ।

उनीहरु ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी यस्तै यस्तै आ–आफनो इष्ट देवता हरुको नाम फालाक्दै मिर्दङ ९मादल०, झ्याली, ढोलपिपही जस्ता बाजाको साथ कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्।

कमला नदीमा धामीझाँक्रीको आज मंगलबार विहानै देखि घुघिचो लागेको थियो। सूर्योदयसँगै हजारौँ नव धामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ। कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझार्कीहरु पाको हुने विश्वास गरिन्छ ।

सोमबार रातीबाटै कमलानदी किनारमा भगत (देउता) खेल्नेहरुको घुइचो लागेको थियो। आजको दिन कमला नदीमा सिरहा, सप्तरी, धनुषा र सीमावर्ती भारतीय गाउँहरुबाट हजारौंको संख्यामा भक्तजनहरु कमला नदीमा भेला हुनेगरेको छ।