सिरहा,कार्तिक २१ ग्ते । निर्वाचनमा सञ्चार मााध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कायक्रम सिरहामा सम्पन्न भएको छ ।
आईतवार जिल्ला निर्वाचन कार्यालय सिरहाको आयोजनामा सदरमुका सिरहामा समपन्न भएको कार्यक्रममा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम र पत्रकारहरुको भूमिका विषयमा छलफल भएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख ईन्दिरा यादवले जनाउनु भयो ।
कार्यक्रमका अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी कवारीले भने निर्वाचनमा मिडिया तथा पत्रकारहरले निर्वाचन अचार सहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने र अरु कोही कसैले पालना गरे नगरेको अनुगमनका साथ कसैले उलङ्गघन गरेको पाएमा खवरदारी गर्न आग्रह गरेको थियो ।
त्यस्तै निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्वपवूर्ण भूमिका खेल्दै सत्य तथ्य सुचनाहरु सम्प्रषण गर्नु पर्ने उल्लेख गर्नु भयो ।

कर्यक्रममा प्रशिक्षण दिदै नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज यादव वनैताले भने निर्वाचनलाई स्वच्छ,निश्पक्ष र भय रहित रुपमा सम्पन्न गर्ने विषयमा मिडिया र पत्रकारहरुले कुनै पनि दल वा व्यक्तिको पक्ष विपक्ष न गरि निश्पक्ष रुपमा समाचार सम्प्रषण गर्नु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी लाल वावु कवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सिरहा क्षेत्र नं.३का साहयक निर्वाचन अधिकृत जगदिश भटराई रहेका थिए ।
उक्त कार्यक्रमाको प्रशिक्षण निर्वाचन कार्यलय सिरहाका प्रमुख यादव र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष वनैताले दिनु भएको थियो ।




















