बिनोद मण्डल 

सिरहा,कार्तिक ८ गते।  तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको छ।

धनगढीमाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको छ । 

सोमबार विहान स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखिएको थियो ।

वडा अध्यक्ष सरोज महतोले छठको लागि स्थानिय तलाउहरुलाई विशेष रूपमा डोजर लगाएर सरसफाई गरिएको बताउनु भएको छ भने अर्कोतिर स्थानिय कृषि बजारको ब्यबस्थापनका लागि आफूहरु लागिपरेको बताउनु भएको छ ।

धनगढी बजारको ब्यबस्थापन तथा सरसफाई आजको आवश्यकता रहेको वडा अध्यक्ष महतोले बताउनु भयो ।