नरेशचन्द्र बरबरिया सिरहा असोज १६ गते । सिरहा नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ३२ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको शुभ अवसरमा सिरहाको पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सिरहा नगरपालिका सिरहा र शुनबर्षी बचत तथा ॠण सहकारी संस्था लि. को संयुक्त आयोजनामा सिरहा नगरपालिकाको वडा.न १ देखी २२ वडाका ५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर स-सम्मान गरेका हुन ।
शिक्षा क्षेत्रमा उच्च योगदान रहेको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पुर्व सभापति सजाजसेवी लगायत विभिन्न क्षेत्रमा आफ्नो योगदान दिने जेष्ठ नागरिकहरुलाई सहकारीले सम्मान गरेको हो ।
कार्यक्रममा शुनबर्षी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष ध्रुव नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा नगरपालिकामा मेयर डा. नवीन कुमार यादव ,विशिष्ट अतिथि जिल्ला प्रशासन प्रमुख लाल बाबू कवारी,अतिथि त्रि.वि प्राध्यापक संघका पुर्व सभापति योगेन्द्र नारायण बरबरिया जेष्ठ नागरिक , बुद्धिजिवी, महिला, समाजसेवी ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।




















