काठमाण्डौ, भाद्र २४ गते ।  बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक ।

तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनौलो रंगको उक्त  बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएकी थिइन् ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो ।

वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बकिंघम दरबारमा  छ ।

वीरेन्द्रको दरबार हत्याकान्डमा ०५८ जेठमा निधन भयो । उनीलगायत राजाहरु बस्दै आएको नारायणहिटीलाई गणतन्त्र स्थापनासँगै नागरिकको सहज पहुँचमा राखिएको छ ।