सिरहा,भदौ १८ गते । पैसाको अभाबमा मृत्यु संग लडिरहेको छ सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने ४ वर्षे बालक सरोज कुमार साह हाल जनकपुरमा उपचारत रहेको छ ।
उ अहिले जनकपुर स्थित रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि. जनकपुरधाम–८मा सिकिस्त विरामी भई उपचारत रहेको छ ।
धनगढीमाई नगरपालिका वडा नं. ५ वस्ने हरेराम साहको ४ वर्ष छ महिनाको छोरा सुरज कुमार साह जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि.मा सघन कक्षमा उपचार भई रहेको छ ।
उक्त बालकको उपचारमा करिब दुई लाँख तिस हजार खर्च लागने भएको र उक्त बालको उपचार गराउने परिवार संग पैसा नरहेकोले सहयोगका लागी दाताहरुलाई आग्रह गरेका छन् । उक्त बच्चाको सहयोगका लागी सबै अ–आफनो तर्फबाट हरेराम साहको नाँममा सिभिल बैंक धनगढी शाखाको खात्ता नं. ०८७१०६९६९५३०११ मा जम्मा गरी सहयोग गरी दिनु हुन अनुरोध गर्दर्छो ।




















