लहान,भाद्र ९ गते । खानेपानी तथा सरसफाई डिभिजन सम्पर्क कार्यालय लहानमा हिजो साँझ एस.सी.को विद्युतीय तार सट भई आगलागी हुँदा कार्यालयको चार लाख पचास हजार मूल्य बराबरको उपकरण तथा कार्यालय सामाग्री जलेर नष्ट भएको हो ।

बुधबार साँझ ए.सी.को तार सर्ट हुँदा सोफासेट, एस.सी., फ्याक्स मेशिन, टेलिफोन, डेक्सटप कम्प्युटर, प्रिन्टर, सी.सी.टि.भी.को एल.सी.डी लगायका करिव चार लाख पचास हजार मूल्य बराबरको कार्यालय सामाग्रीहरु जलेर नष्ट भएको कार्यालय प्रमुख अजय कुमार कर्णले जानकारी दिनुभयो ।

कार्यालय बन्दको बेला आगोको मुस्लो कार्यालयले सहयोगीले देखेपछि नजिकै रहेको लहान नगरपालिकाको बारुण यन्त्रको टोलीले आगोलाई नियन्त्रणमा लिएको लहान सम्पर्क कार्यालयका ईन्जिनियर मो.मुस्ताक आलमले जानकारी दिनुभयो । 

आगलागीमा क्षति भएको सामाग्री तथा उपकरणहरु छिट्टै अर्को व्यवस्थापन गर्ने कार्याृलयले जनाएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ सप्तरीमा मुख्य कार्यालय रहेको छ । आगलागीको कारण विद्युत आपूर्ति नहुँदा कार्यालयको कामकाज अहिले ठप्प भएको छ ।