ईलाम,जेठ २९ गते । ईलाममा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

माइजोगमाई गाउँपालिका–२ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदिप राईलाई एक थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको  हो जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।