अनुभक्त चौधरी,सिरहा,जेष्ठ १९ गते ।  सिरहाको धनगढीमाई नगरपालीका वाडा नं. २ का विपन्न परिवारका जीवन मण्डल र मन्जुला मण्डलले सहयोगको लागि सहयोगी हाथहरुलाई आग्रह गरेको छ । 

जेष्ठ पन्द्र गते राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पतालमा जीवन र मन्जुलाको पहिलो सन्तानको जन्म दिएका हुन् । नवजात बच्चालाई स्वास्थ्यमा समस्या आएपछि आई.सी.यू.मा राख्न चिकित्सकले सल्लाह दिएपछि अहिले उनीले सप्तऋषि अस्पताल लहानमा उपचार गराइरहेका छन् ।

WhatsApp Image 2022-06-01 at 2.13.33 PM (1)

ज्यालादारी मजदुरी गरी गुजारा चलाउदै आईरहेका मण्डलले बच्चा उपचारको लागि लागेको चालिस हजार ऋण समेत लिइसकेका छन् तर चिकित्सकले अझै एक लाख जति रकमको बन्दोवस्त गर्न भने पछि सहयोगी हाथहरुलाई सहयोग गरिदिन मन्जुलाका श्रीमान जिवन मण्डलले आग्रह गर्नुभएको छ ।

सहयोग गर्ने सरकारी, गैर सरकारी संघ संस्था एवम् मनकारीहरुलाई सहयोगको लागि मो.नं. ........मा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।