सिरहा,जेठ १ गते । सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।  वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८,  जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका छन् ।

मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगल किशोर कामतीसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए । यस पटक मुखियाले ठूलो मत अन्तरले विजयी भएको छन् । वडा सदस्यहरुमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरजा देवि पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।