सिरहा,बैशाख २७ गते । वेवारिसे अबस्थामा रहको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले बरामद गरेका छन् । 

सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय सिरहा लहानका संयुक्त गस्तीटोलीले आज विहान पुलिसपट्टाबाट बरामद गरेका छन् ।

डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासका अनुसार डिभिजन वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय चौर्हवाबाट खटिएको गस्ती टोली साल काठ थान ८ जम्मा परिमाण ८.५८ क्यू.फिट वेवारिस काठ र दुई वटा साईकल बरामद गरेको छ ।

झाडीमा लुकाई छिपाई राखेको अबस्थामा बरामद गरेको डिभिजनल  वन अधिकृत दासले बताए । उक्त विषयमा आवश्यक अनुसंधान भई रहको दासले बताए ।