राजविराज,बैशाख ७ गते। अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट भुमिका निर्वाह गर्ने सप्तरीका दुई जना प्रहरी निरीक्षलाई आज सप्तरी जिल्ला अदालतले सम्मान गरेको छ । 

बिभिन्न अदालत र न्यायाधिकरणको फैसला बमोजिम ठहर भएको कैद जरिवाना असूली फर्छाैटका क्रममा सक्रिया देखाएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरक्षक उमाशंकर प्रसाद साहलाई जिल्ला अदालतले सम्मान गरेको हो । 

राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधिश चन्द्रमणि ज्ञवालीले उहाँहरुलाई कदरपत्रसहित सम्मान गर्नुभयो । 

बिभिन्न मितिमा अदालतबाट भएको फैसला कार्यान्वयनकोे क्रममा प्रहरी निरीक्षक पासवानले २०७७ असोज ११ गते देखि हाल सम्म ४५९ जना फरार प्रतिवादीलाई पक्राउ सफल हुनुभएको छ । 

खुल्ला सिमानाका कारण बिगतमा हुदै आएको तस्करी, लागुऔषध ओसार पोसार लगायतका कार्य नियन्त्रणमा प्रहरी निरीक्षक पासवानले उल्लेख्यी भुमिका खेलेको स्थानीयहरुले बताएका छन् । प्रहरी निरीक्षक पासवानको कार्यकालमा करिब रु. एक करोड छ लाख ३४ हजार बराबरको माल समान पक्राउ गरी कार्वाहीको लागि जिल्ला भन्सान कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ । 

यसैगरी उहाँले हराएरको मानिस २१ जना, ट्रक १ थान, पिकअप ३, मोटरसाईकल १, ट्याकटर १ र हराएको मोवाईल ३३ थान लगायतका सामानको खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । 

यस्तै प्रहरी निरीक्षक साहले २०६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सघाउनुभएको छ । अपराध अनुसन्धान र लागुऔषध नियन्त्रणमा उत्कृष्ट काम गरेको भन्दै केही दिनअघि प्रहरी निरीक्षकद्वय पासवान र साहलाई आईडिया नेपाल नामक गैर सरकारी संस्थाले पनि सम्मान गरेको थियोे । 

जिल्ला अदालतबाट सम्मानित भएपछि प्रहरी निरीक्षकद्वयले सप्तरीमा कार्यरत रहँदा पाएको सम्मानले थप जिम्मेवार भएर काम गर्ने हौसला मिलेको बताउनुभयो ।