सिरहा,चैत १८ गते । सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनले चेतावनी दिएको  छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए।

पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका छन्।

सरकारले बिक्रेतालाई कमिसन नदिने कुरा आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताए। निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसायीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको थियो।

बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गर्न आवश्यक नठानेको प्रति उनले आपत्ति जनाए। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द हुन्छ ।  बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गर्न आवश्यक ठानेन।ु

निगम घाटामा जाने कुरा हामीले गर्दा नभएको उनले जिकिर गरे। सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउनुपर्ने अध्यक्ष प्रधानले बताए।

इन्धन ढुवानी भाडा बढाउनु पर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै  करिब दुई सातादेखि ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन्।