सिरहा,चैत १६ गते । गोलवजारबाट नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र इन्जेक्सन सहित सोमबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गोलबजार नगरपालिका ५ बस्ने ३२ वर्र्षीय अरूण कुमार साहलाई आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागूऔषध, इन्जेक्सन लगायतका सामान फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका साह माथि आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।