सिरहा,चैत ११ गते। धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना सिरहा र सि.एम.सी.को त्रिपक्षीय सहयोगमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर संचालन भएको छ । 

DSC_1465

विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा करिव एक सय ८० जनाले उपचार पाएका छन् । आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्ने गरी आयोजित शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित विरामीहरु फेला परेको ओरेक परियोजना कार्यालय लहानका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी गराईन् । 

DSC_1474

निःशुल्क स्वास्थ्य शिविर भोलिसम्म रहने जनाइएको छ । स्वास्थ्य शिविरमा स्त्री तथा महिला रोग विशेषज्ञ डा.कुसुम यादव,  जनरल फिजिसियन प्रतिक्षा मिश्रले सहजीकरण गरिरहनुभएको छ । त्यसबेला ओरेकले जडिबुटीबाट निको हुने स्थानीय स्तरमै पाइने जडिबुटीको बारेमा समेत सहजीकरण गरिएको थियो । 

DSC_1482

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रमको संचालन ओरेक परियोजना संयोजक शर्मिला निरौला तथा स्वागत मन्तव्य नयन अस्पतालका निमित्त प्रमुख सुरैत चौधरीले गर्नुभएको थियो । 

DSC_1453