शम्भु चौधरी
लहान,चैत्र ७ गते । सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपु्रमा धनेश्वर साहले आफना बुवा बलराम साहको सम्झनामा समुदायिक चबुतरा निर्माण गरेका छन । गाँउका बुढापाका र किसानहरुलाई आराम गर्न तथा मेरो आदरणिय बुबाको नाम सदियौँ रहिरहने उदेश्यले यो समुदायिक चबुतरा निमार्ण गरेको स्वर्गिय वलराम साहको कान्छो छोरा धनेश्वर साहले बताए ।
यस चबुतरा निमार्णबाट गाँउका युवाहरुले कुनै किसिमका साँस्कृतिक कार्यक्रम गर्न सुविधा हुने र बाटो हिडने बटुवाहरुलाई अराम गर्न सुविधा हुनेछ । यस कार्यबाट म आसाध्य नै खुशी भएको स्थानिय वुद्धिजीवि बिरेन्द्र कुमार चौधरीले बताए ।
विकास सरकारी बजेटबाट मात्रै होइन निजी खर्चबाट पनि हुने यसले प्रमाणित गरेको छ । म एउटा गाँउलेको नाताले निर्माण कर्तालाई धन्यवाद दिन चाहन्छु । यस्ता विकासका हातहरु अझ बढिरहोस भनि स्थानिय युवा कपलेश्वर साहले बताए ।
निर्माण कार्यमा सामाग्री र मीस्त्रीको ज्याला सहित रु १ लाख ११ हजार लागत लागेको निर्माणकर्ता साहले बताए ।




















