रौटहट,चैत्र ५ गते ।रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ ।
शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।
उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जनाउनु भयो । । त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।




















