सिरहा,चैत्र २ गते । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता ढुुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सेनाका लागि भने बजेट विनियोजन भइ नसकेको पनि जानकारी दिनुभयो ।
निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन । तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेटले धान्ने अवस्था भए सोहीबाट अन्यथा अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने अवस्था रहेको निरौलाले बताउनुभयो ।




















