मस्को,फागुन२७ गते –  रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपोली देशहरुले रुसमा क्रमशस् लगाएका थिए। प्रतिबन्धको सामना गरिरहेको रुसले पनि त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ। रुसी अर्थ मन्त्रालयले रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने चेतावनी दिंदै उक्त कार्य  रुसमाथि थोपरिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया भएको बताएको छ। रुसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर पर्ने गरी प्रतिबन्ध लगाएको बताएको छ। रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ।

पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। साथै  पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध आर्थिक प्रतिबन्ध केन्द्रित गरेका छन्। रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्। रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ।

प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन्। त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पर्छन्। रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो। रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक रूपमा लगानी रोकिरहेका छन्। बुधबार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ। बिहीबार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, ुरुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा‘ विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ। उनले विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा ुआतङ्कु सिर्जना गरेको आरोप पनि लगाएका छन्